काठमाडौं– सोमबार सुनको भाउ चार सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलाको १० रुपैयाँ घटेको छ र

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० तोकेको हो । यो अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँले घटी हो । अधिल्लो दिन सुन प्रतितोला ९२ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । आइतबार यसको प्रतितोला मूल्य ९१ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर १ हजार २४० मा आएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय