काठमाडौं– नेपाली सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला ९२ हजार २०० मा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २५५ कायम भएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय