काठमाडौं– सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

मंगलबार सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको कुल १५.७८ प्रतिशतले हुन आउने १७ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँबराबरको बोनस सेयर रहेको छ भने कर प्रयोजनार्थ ०.७८ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको नगद लाभांश पनि कम्पनीले वितरण गर्नेछ ।

कम्पनीद्वारा प्रस्तावित लाभांश बिमा समितिको स्वीकृतिपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी एक अर्ब २८ करोड ९५ लाख पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय