काठमाडौं– विख्यात भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार आइतबार बिहान स्थानीय समय अनुसार सवा आठ बजे ९२ वर्षीय लताको निधन भएको छ ।

१३ वर्षको उमेरमा पहिलो गीत रेकर्ड गराएकी लत्ताका ३० हजारभन्दा बढी गीत रेकर्ड भएका छन् । उनले विभिन्न ३६ भाषामा गीत रेकर्ड गराएकी छिन् । लताले नेपाली गीत पनि थुप्रै गाएकी छिन् ।

लताको एक महिनादेखि मुम्बईको क्यान्डी अस्पतालमा उपचार भइरहेको थियो । लतालाई जनवरीको सुरुतिर कोरोनाको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई कोभिड–१९ को निमोनिया पनि देखिएको थियो ।

कोभिड निमोनिाका कारण भेन्टिलेटरमा राखिएकी लताको शरीरमा केही सुधार देखिएपछि २८ जनवरीमा भेन्टिलेटरबाट निकालिएको थियो । शनिबारदेखि उनको स्वास्थ्यस्थिति खस्किन थालेको प्राप्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय