काठमाडौं– राजधानी उपत्यकाभित्र चल्ने निजी सवारी साधनमा कायम रहेको जोर–बिजोर प्रणाली हटेको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त नियम खारेज गर्ने निर्णय गरेका हुन् ।
जस अनुसार आइतबार राति १२ बजेबाट जोर–बिजोरको नियम हटेको छ ।

सिसिएमसिसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

आइतबार नै बसेको सिसिएमसिसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको निर्देशनमा सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय