काठमाडौं– नेपाली सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १०० ले बढेर ९२ हजार ६०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला ९२ हजार १०० मा कारोबार भइरहेको छ । तेजाबी सुन आइतबार प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २५५ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय