काठमाडौं– प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस सेयर दिने भएको छ ।

सोमबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ सम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नगद लाभांश कर प्रयोजनका लागि हो ।

बिमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश सेयरधनीको खातामा आउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय