काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको मूल्य सोमबारको तुलनामा प्रतितोला ५०० रुपैयाँ बढाएर तोकेको छ ।

महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य ९३ हजार १०० रुपैयाँ तोकेको हो । सोमबार यसको मूल्य प्रतितोला ९२ हजार ६०० तोकेको थियो । महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार तेजाबी सुनको भाउ प्रतितोला ९२ हजार ६०० तोकिएको छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार १०० थियो ।

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढाएर १२६० तोकेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १८१९ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय