बेसीसहर– घरेलु तथा साना उद्योग कार्यालय लमजुङले १९ वटा घरेलु उद्योगको दर्ता खारेज गरेको छ । दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीरकण नगर्ने उद्योग खोरज भएका हुन् ।
आर्थिक वर्ष २०७८–७९ का ६ महिनामा १९ उद्योगको दर्ता खारेज भएको कार्यालय प्रमुख मिता थापाले जानकारी दिए । उनका अनुसार यस अवधिमा ५२१ वटा नयाँ उद्योग दर्ता भएका छन् । त्यस्तै सोही अवधिमा १८८ घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष गत आवको सोही अवधिमा ९७० नयाँ उद्योग दर्ता भएको छ । ३६९ उद्योग नवीकरण भएको थियो ।
सो कार्यालयले अघिल्लो आव २०७६–७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ उद्योग नवीकरण भएको कार्यालयले जनाएको छ । आव २०७५–७६ मा ६ उद्योग खारेज गरिएको थियो । उक्त आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नवीकरण भएको थियो । सो कार्यालयका अनुसार आव २०७४–७५ मा १० वटा उद्योग खारेज गरिएको थियो ।
सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्यांकमा छ । त्यस्तै आव २०७३–४ मा आठ उद्योग खारेज भएका थिए । उक्त आवमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नवीकरण भएको थियो । त्यस्तै वाणिज्यतर्फ आव २०७८–७९ को साउनदेखि पुससम्म ५२ वटा वाणिज्य दर्ता खारेज भएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस अवधिमा ३१३ नयाँ दर्ता भएका छन् भने २८८ वाणिज्यको नवीकरण भएका छन् । त्यस्तै आव २०७७–७८ मा ६१ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । त्यस्तै ६४० नयाँ वाणिज्य दर्ता भएको र ५५८ वाणिज्यको नवीकरण भएको छ ।
कार्यालयका अनुसार आव २०७६–७७ मा २५ वटा वाणिज्य दर्ता खारेज भएको थियो । त्यस्तै ७६२ वटा नयाँ दर्ता र ३२० वटा नवीकरण भएको थियो । आव २०७५–७६ मा २३ वाणिज्य दर्ता खारेज भएको थियो ।









