भक्तपुर– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ गते बिहान ८ बजेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै बोर्डले बिहीबार परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षाको पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ ।
वैशाख ११ गते आइतबारः अनिवार्य गणित
वैशाख १२ गते सोमबारः अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । वैशाख १३ गते मंगलबारः अनिवार्य विज्ञान र वेदविद्याश्रम अनिवार्य संस्कृत व्याकरण र अनुवाद
वैशाख १४ गते बुधबारः अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट, माकेर्टिङ, इञ्जिनीयरिङ, ड्रइङ, कम्प्युटर परपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिक
वैशाख १५ गते बिहीबारः अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ वेद वा नीतिशास्त्र, प्राविधिकतर्फ ऐच्छिक प्रथमका सबै विषयको परीक्षा हुनेछ भने प्राविधिकतर्फ एग्रिकल्चर, इलेक्ट्रिकल म्यानेजमेन्ट, कम्प्युटर नेटवर्किङ, इन्जिनियरिङ सर्भेइङ
वैशाख १६ गते शुक्रबारः साधारण तथा संस्कृततर्फका ऐच्छिक प्रथमका सबै विषय, संस्कृततर्फ अनिवार्य संस्कृत शिक्षा, वेदविद्याश्रमतर्फ ऐच्छिक विषय र प्राविधिकतर्फ ऐच्छिक गणित
वैशाख १७ गते शनिबारः साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषय, वेदविद्याश्रमतर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेबल एण्ड मेडिसिनल प्लान्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जी, डाटावेस म्यानेजमेन्ट सिष्टम, म्युजिक टेक्नोलोजी
वैशाख १८ गते आइतबारः प्राविधिक विषयतर्फ क्रप प्रोडक्सन, स्मल रुमेन्ट प्रोडक्सन एन्ड म्यानेजमेन्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस र इन्जिनियरिङको परीक्षा हुनेछ । वैशाख १९ गते सोमबारः प्राविधिक विषयतर्फ एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे इन्जिनियरिङ, म्युजिक बिजनेस एन्ड प्रोग्राम म्यानेजमेन्ट
वैशाख २० गते सोमबारः प्राविधिकतर्फ फ्लोरिकल्चर एन्ड नर्सरी म्यानेजमेन्ट, भेटेरनरी ल्याबोरेटरी टेक्निक, इन्ड्रष्ट्रियल इन्स्टलेसन एन्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेन्टेड प्रोग्रामिङ, इस्टिमेटिङ कस्टिङ एन्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्यबादन र नृत्य ।
शर्माका अनुसार यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ ।









