काठमाडौं– नेपाली बजारमा सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा सय रुपैयाँ बढाएर ९४ हजार तोकेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० तोकिएको छ । अघिल्लो दिन तेजावी सुन तोलाको ९३ हजार ४०० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने हेरफेर भएको छैन । महासंघले शुक्रबारका लागि चाँदीको मूल्य भने हेरफेर गरेको छैन । चाँदीको मूल्य अघिल्लो दिन १२ सय ८० कायम गरिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय