काठमाडौं– बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्तालगायत कारण आज धितोपत्र बजारमा १०१.२४ अंकको पहिरो गएको छ ।

धितोपत्र बजारमा सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१.२४ अंक अर्थात ३.६१ प्रतिशतले घटेर दुई हजार ७००.३२ कायम भएको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.६२ अंकले ओरालो लागेर ५११.६६ मा आएको छ ।

आजको कारोबारमा २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ मूल्यमा खरिदबिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सूचक घटेको छ । जसमा बैंकिङ ४२.६६, व्यापार ६८.२३ होटल तथा पर्यटन १०९.८९, विकास बैंक २०६.६६, जलविद्युत् १८४.८८, वित्त ११२.१४, निर्जीवन बिमा ५५२.५४, उत्पादन ३३५.७१, लघुवित्त १८६.३६, जीवन बिमा ६०४.८८, लगानी ४.८ अन्य ७३.२५ र सामूहिक लगानी कोष ०.१५ अंकले ओरालो लागेको छ ।

आइतबार कारोबार रकमका आधारमा अप्पर तामाकोसी कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको ३२ करोड ८४ लाख ८ हजार ९४४ बराबरको कारोबार भयो । यस्तै अरुणभ्याली हाइड्रोपावर २८ करोड ३९ लाख ४५ हजार ०८२, नेपाल इन्फ्रास्ट्रक्चर बैंक २५ करोड ३२ लाख ९२ हजार ४८७, नेसनल हाइड्रोपावर २५ करोड २७ लाख ९३ हजार १४६ र अपी पावरको २१ करोड ४७ लाख ५२ हजार ९६६ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र रहे भए ।

आजको कारोबारमा कुल २२७ कम्पनीमध्ये २२१ कम्पनीका सेयर मूल्य घटेका छन् । कारोबार भएकामध्ये अप्पर तामाकोसीको सेयरको मूल्य सबैभन्दा धेरै (८.३७) प्रतिशतले घटेको छ । त्यस्तै यस दिनको कारोबारमा नारायणी डेभलपमेन्ट बैंक ८.२६, शिवश्री हाइड्रोपावर ७.७५, विन नेपाल लघुवित्त वित्तीय संस्था ७.५९ र बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ७.५२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय