काठमाडौं– फेब्रुअरी १४ मा विश्वभर भनाइने प्रेम दिवसको अवसर पारेर नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर सार्वजनि गरेको छ । यो अफर सोमबार र मंगलबार उपलब्ध हुनेछ ।
यो अफर अन्तर्गत ४९ रुपैयाँमा १ एमबिपिएस अनलिमिटेड डाटा २४ घन्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा डे कम्बो अफर उपलब्ध हुनेछ । त्यस्तै, हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटिई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा सोमबार नेपाल टेलिकमको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
साथै, भ्यालेन्टाइन डेकै अवसरमा सोमबार एमपोसबाट गरिने दुईदेखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा ५ सय १२ एमबी डाटा र ५ सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बोनसको रुपमा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।









