काठमाडौं– राजधानीबासीले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सक्ने भएका छन् ।

व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउनुपर्ने तथा ढिला भई जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको खल्तीको विज्ञप्तिमा उल्लेख छ । खल्तीबाट खानेपानीको बिल भुक्तानी समयमै गरी छुट पनि पाइने बताइएको छ ।

यस सम्बन्धमा टिप्पणी गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाडौंका बासिन्दाले वर्षौंदेखि पर्खिरहेको र यो सेवा सुरु गर्न पाउँदा उत्साहित भएको बताए ।

‘खल्ती’बाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्न २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए बोर्ड अमाउन्ट तिर्नुपर्ने र त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्टबाट भुक्तानी गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय