काठमाडौं– महालक्ष्मी विकास बैंकले महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक गरेको छ । ५१ रुपैयाँमै खोल्न मिल्ने ‘महालक्ष्मी बचत वृद्धि खाता’मा दैनिक मौज्दातमा वार्षिक ८.५५ प्रतिशतका दरले ब्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत खाता खोलेका ग्राहकको ५ लाखको दुर्घटना मृत्यु बिमा गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकलाई विभिन्न सेवा निःशुल्क रहेको बैंकले जनाएको छ ।
यस बचत योजनाअन्तर्गत खाता खोलेका ग्राहकले निःशुल्क अन्तरशाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतितश छुट, निःशुल्क मेरो सेयर सी–आस्बा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ ।
हाल महालक्ष्मी विकास बैंकले १ सय ३ शाखामार्फत सेवा दिइरहेको छ ।









