काठमाडौं– लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकास्थित झुलनेटामा ११औं एक्स्टेन्सन काउन्टर स्थापना गरेको छ ।

अब लक्ष्मीको सञ्जाल ५० जिल्लामा १४१ शाखा, ११ एक्स्टेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ ।

नयाँ एक्स्टेन्सन काउन्टरको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाइको माध्यम–– शाखा कार्यालय, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्त्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय