काठमाडौं– सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४०० ले बढेर ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९६ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार कायम भएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९५ हजार ६०० तोकिएको थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढाएर १ हजार ३०५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८९१ डलर आसपास कारोबार भइरहेको छ ।









