काठमाडौं– गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ता खरिदमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन लाइफ स्टाइल इन्टरनेसनल प्रालिसँग सम्झौता गरेको जनाएको छ ।
सम्झौता अनुरुप उक्त बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गरी गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५ प्रतिशत छुट प्राप्त हुने बताइएको छ ।
यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साइटबाट जुत्ता खरिद गर्दा मात्र लागू हुने बैंकले प्रस्ट पारेको छ ।
गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सेवा प्रदान दिइरहेको जनाएको छ ।









