काठमाडौं– एनआइसी एसिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाख रुपैयाँ बराबरको घातक रोग बीमा रकम एकजना खातावालालाई भुक्तानी गरेको छ ।

बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमन्ड श्रेणी’को खाता खोलेका भिमसेनगोला, काठमाडौंका ३६ वर्षीय श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । पन्तलाई उक्त बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

पन्तलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । एनआइसी एसिया बैंकको बीमा सहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० जनाभन्दा बढी ग्राहकले बीमा बापत ४ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय