काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा आगामी फागुन १३ गते शुक्रबार हुने भएको छ । फागुन ५ गते बसेको बैंक सञ्चालक समिति बैठकको निर्णय अनुसार यसअघि स्थगित भएको उक्त सभा फागुन १३ गते शुक्रबार गर्न लागिएको बैंकले जनाएको छ ।

उक्त सभामा आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने लगायत प्रस्ताव पेस गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय