काठमाडौं– कोभिड–१९ संक्रमणका कारण पटकपटक रोकिएको क्यान इन्फोटेक आगामी वैशाखमा हुने भएको छ । सन १९९५ देखि बर्सेनि आयोजना हुँदै आएको क्यान इन्फोटेकको २७औं संस्करण २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ –क्यान महासंघ)ले जनाएको छ ।

यसअघि क्यान इन्फोटेकको २७औं संस्करण २०७८ साल वैशाख २८ देखि जेठ २ गतेसम्म हुने गरी कार्यक्रम तय भएको थियो ।

कोरोना संक्रमणको दोस्रो लहरका कारण स्थगित गर्नु परेको थियो । पछि फेरि २०७८ साल माघ १८ देखि २३ गतेसम्म गर्ने गरी कार्यक्रम तय गरिएकोमा कोरोनाको तेस्रो लहरले त्यो पनि स्थागित गर्नुपरेको महासंघले जनाएको छ ।

स्थगित भएको मेला वैशाखमा गर्ने तय भएको महासंघले जनाएको छ । यसपालिको इन्फोटेकको शीर्ष प्रायोजन आइएमई पे र सहप्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी स्मार्ट क्यू आर) गरे गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय