बैतडी– निर्माण व्यवसायी संघ बैतडीको अध्यक्षमा पुनः सुरेशबहादुर चन्द सर्वसम्मतरूपमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संघको १७औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनबाट चन्दको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा कमलसिंह बोहरा, द्वित्तीय उपाध्यक्षमा दमन कुँवर, महासचिवमा विकास चन्द, सचिवमा पुरन टेर र कोषाध्यक्षमा श्यामबहादुर चन्द चयन भएका छन् । समितिको कार्यकाल तीन वर्षको हुने नवनिर्वाचित महासचिव विकास चन्दले जानकारी दिए ।









