काठमाडौं– राष्ट्र उत्थान लघुवित्तको साधारण सेयर ७९ हजार ४५० आवेदकले पाएका छन् । बिहीबार भएको बाँडफाँटबाट उनीहरुले १०–१० कित्तका दरले सेयर पाएका हुन् ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको राष्ट्र उत्थानको सेयरका लागि ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । उक्त सेयरका लागि २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका थिए ।

मागभन्दा बढीको लाग आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ । आवेदन दिएकामध्ये २५ लाख ५ हजार ८ सय ११ जनाको हात खाली भएको छ ।

राष्ट्र उत्थानले फागुन ४ देखि आइपिओ निष्काशन गरेको हो । कम्पनीले ८ लाख ५० हजार कित्ता सेयर बिक्रीका लागि निष्कासन गरेको हो । सोमध्ये ०.५ प्रतिशत (१३ हजार कित्ता) कम्पनीका कर्मचारीको लागि र ५ प्रतिशत (४२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषको लागि छुट्एर बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणलाई बाँडफाँट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय