काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बिहीबारबाट काठमाडौंको टेकु र पेप्सीकोलामा शाखा सुरु गरेको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले टेकु शाखा र सञ्चालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा उद्घाटन गरी सेवा सुरु गरेको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बैंक सञ्चालक मनबहादुर राई, सुनिल न्यौपाने, प्राडा गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीको उपस्थिति रहेको बताइएको छ । टेकु र पेप्सीकोलामा शाखा थपिएसँगै उपत्यकाभित्र बैंकको शाखा संख्या २५ पुगेको छ ।

अब बैंकको कुल शाखा संख्या १२८ पुगेको छ । यसबाहेक यसले १० एक्सटेन्सन काउन्टर २५ शाखारहित बैंकिङ र १०७ वटा एटिएममार्फत वित्तीय सेवा दिइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय