बाँके– नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ ।

भारतको बहराइच, श्रावस्ती लगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगन्जस्थित जमुनाहा नाका ६० घन्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ । सीमानाकामा ६० घन्टासम्म सवारी साधन र पैदलयात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।

निर्वाचन प्रयोजनका लागि रुपैडिहा लगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाउनुका साथै सिमानामा एक साता अघिदेखि नै सुरक्षा जाँचमा समेत कडा पारिएको छ । आपत्कालीन सेवाबाहेक अन्य कुनै पनि सवारी साधन र पैदलयात्रुलाई आवागमनको छुट नहुने प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय