काठमाडौं– आइएमई पेले आफ्ना प्रयोगकर्ताले विभिन्न डिपार्टमेन्टल स्टोरमा किराना खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ । आम उपभोक्ता डिजिटल पद्धतिमा अभ्यस्त बन्दै गरेको र नेपालमा समेत सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

स्टोरहरुमा विभिन्न क्युआर प्रणाली भएको कारण उपभोक्तालाई सहज भुक्तानीका लागि आइएमई पेले स्क्यान एनी क्युआर अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्युआर स्क्यान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुविधा ल्याएको जनाएको छ ।

यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केबल आइएमई पे मोबाइल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरमा सजिलै क्युआर स्क्यान गरी भुक्तानी गर्न मिल्नेछ ।

साथै प्रयोगकर्ताले सो अफर एकपल्ट मात्र प्रयोग गर्न पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । छुट पाउने डिपार्टमेन्टल स्टोरमा भाटभाटेनी सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्सबेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट छन् ।

सोही क्याम्पियनमा आइएमई पे मोबाइल वालेटमार्फत मात्रै १० प्रतिशत छुट (१०० रुपैयाँसम्म मात्र) पाउने र स्क्यान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट आइडीले १ डिपार्टमेन्टल स्टोर र एक समयको लागि मात्र १० प्रतिशत छुट पाउनेछ । यो अफर सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय