काठमाडौं– नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नक्साल सोरुममा आइतबार एक पत्रकार सम्मेलन गरी आफ्नो नयाँँ विद्युतीय गाडी एमजी जेडएस इभी २०२२ सार्वजनिक गरेको छ ।

उक्त कार्यक्रममा गाडीको मूल्य पनि सार्वजनिक गरिएको थियो । स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा आउने यो एमजी जेडएस इभीमा दुईवटा ब्याट्री प्याकको विकल्प रहेको कम्पनीले जनाएको छ । एउटा ५१.५ किलोवाट आवर हाई–टेक ब्याट्रीको छ, जसको रेन्ज ३१९ किलोमिटर रहेको कम्पनीको दाबी छ । अर्को ७२.६ किलोवाट आवर ब्याट्री भएको र यसको रेन्ज ४४० किलोमिटर रहेको कम्पनीको भनाइ छ । यसको ग्राउन्ड क्लियरेन्स १७५ मिलिमिटर छ ।

यसको स्ट्यान्डर्ड रेन्जको मूल्य ५१ लाख ९९ हजार र लङ रेन्जको मूल्य ५९ लाख ९९ हजार पर्ने कम्पनीले जनाएको छ ।

एमजी जेडएस इभी २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु छन् । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलइडी डिआरएल, एलइडी टेल ल्याम्पहरू छन् ।

एमजी पाइलट नाम दिइएको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सहितको एडभान्स्ड ड्राइभर अस्सिस्टेन्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ । एमजी जेडएस इभी २०२२ मा १३० एचपीको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको दरमा गुड््न सक्छ । एमजिको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड कट एलोय ह्विल र २.५ को पिएम फिल्टर लगायत सुविधाहरु छन् ।

एमजी जेडएस् इभी २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् । यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय