काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त सभाले सञ्चालक समितिले तयार पारेको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पारित गरेको बैंकले जनाएको छ । लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको एनएफआरएस बमोजिम तयार वासलात, आर्थिक वर्ष २०७७–७८ को नाफा–नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायत एकीकृत वित्तीय विवरणहरु सभाबाट स्वीकृत भएको बैंकले जनाएको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने करका लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

सभाबाट संस्थापक समूह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपककुमार रौनियार तथा सर्वसाधारण समूह (ख) बाट श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल सञ्चालक पदमा निर्वाचित भएको बैंकको विज्ञप्तिमा उल्लेख छ । साथै, बैंक सञ्चालक समितिको बैठकले राजेश उपाध्यायलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा पुनः चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय