काठमाडौं– सरकारले सशस्त्र द्वन्द्वका बेला जागिर गुमाएका २३३ स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रस्ताव अनुरुप मन्त्रिपरिषदको सोमबार सम्पन्न बैठकले द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।
पुनर्बहाली हुनुपर्ने भनेर यसअघि सिफारिस गरिएका १८ जनालाई पनि नियुक्ति दिने निर्णय पनि भएको छ ।
यस्तै ४१ जनालाई निवृत्तिभरण र अन्य सुविधा दिने निर्णय बैठकले गरेको छ । अस्थायीतर्फका २८४ जनालाई आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि भएको बताइएको छ ।









