काठमाडौं– कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको छ ।
सुवेदी २१ वर्षदेखि उक्त बैंकमा कार्यरत छन् । उनी साढे तीन वर्षदेखि कामु महाप्रबन्धकको जिम्मेवारीमा थिए । कृषि विकास बैंकमा प्रबेश गर्नुअघि उनले नेपाल बैंक र कर्मचारी सञ्चय कोषमा समेत काम गरेका थिए ।









