काठमाडौं– एनआइसी एसिया क्यापिटल लिमिटेडले सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । फागुन २२ बाट कम्पनी ६ वर्षमा प्रवेश गरेको हो । क्यापिटलको वार्षिक उत्सवको अवसरमा आफूले प्रदान गर्ने विभिन्न सेवामा विशेष छुट दिने जनाएको छ ।
पाँचौं वार्षिक उत्सवको अवसरमा ५ मा ५ अफर सहित लगानी व्यवस्थापन सेवा लिने ग्राहकलाई आगामी चैत मसान्तसम्म लागु हुनेगरी विशेष छुट योजना ल्याएको कम्पनीले जनाएको छ ।
लगानी व्यवस्थापन सेवा अन्तर्गतको ५ मा ५ छुट योजनामा लगानी व्यवस्थापन सेवा लिने ग्राहकलाई पहिलो वर्षको वार्षिक नवीकरण शुल्कमा ५० प्रतिशत छुट, इन्कम ग्यारेन्टेड फन्ड अन्तर्गत हाल ११.३० प्रतिशत रहेको प्रतिफलमा ०.१० प्रतिशत थप गरी वार्षिक ११.४० प्रतिशतको सुनिश्चित प्रतिफल दिने कम्पनीले जनाएको छ ।
त्यसैगरी, एक्जिट शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट खाता र निःशुल्क मेरो शेयर खाता सुविधा उपलब्ध गराउने कम्पनीको विज्ञपितमा उल्लेख छ ।
एनआइसी एसिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना एनआइसी एसिया डाइनामिक डेप्ट फन्डको इकाइ खरिद गर्दा खरिद गरिएको इकाइभन्दा २० प्रतिशत बढी इकाइ वा अधिकतम एक हजारसम्मको इकाइ थप गरी खरिदकर्ताको डिम्याट खातामा जम्मा गरिदिने नयाँ योजना कम्पनीले सार्वजनिक गरेको छ । उक्त योजना चैत्र मसान्तसम्म इकाइ खरिद गर्ने ग्राहकले पाउने बताइएको छ ।
कम्पनीले नेपालमै पहिलोपटक दाबी गरेको मर्चेन्ट बैंकिङ (संस्थागत परामर्श) सेवा अन्तर्गत आइडियादेखि आइपिोसम्म नामक नयाँ सेवा अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनी खोल्ने विचारदेखि कम्पनी स्थापना, स्केल अप, विस्तार, वृद्धि, थप विस्तार हुँदै आइपिओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको सोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने पनि जनाएको छ । उक्त सेवा जुनसुकै क्षेत्र तथा जुनसुकै चरणमा रहेका कम्पनीले लिन सक्ने बताइएको छन् ।
कम्पनीले एनआइसी एसिया डिम्याट सेवा अन्तर्गत आगामी चैत मसान्तसम्म निःशुल्क डिम्याट खाता सेवा सहित थप नयाँ योजना सञ्चालन गरेको जनाएको छ । त्यसैगरी क्यापिटलले बालबालिका लक्षित डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ र यसमा निःशुल्क डिम्याट खाता र २ वर्षसम्मको डिम्याट खाता नवीकरण शुल्कमा छुट हुने जनाएको छ । यो सेवा ५ वर्षसम्मका बालबालिकाले मात्र लिन सक्ने बताइएको छ । एनआइसी एसिया क्यापिटल, एनआइसी एसिया बैंकका शाखा तथा एनआइसी एसिया क्यापिटलको अनलाइन डिम्याट सेवामार्फत समेत उक्त सुविधा लिन सकिने बताइएको छ ।
कम्पनीले ४ वर्षको डिम्याट खाता नवीकरण शुल्क एकमुष्ठ भुक्तानी गर्दा ५ वर्षसम्म डिम्याट खाता नवीकरण हुने, एकमुष्ठ २५ सय तिरेपछि आजीवन डिम्याट खाता नवीकरण हुने सुविधा पनि दिइरहेको छ । त्यस्तै एनआइसी एसिया विद्यार्थी डिम्याट सेवा अन्तर्गत विद्यार्थीको लागि निःशुल्क डिम्याट तथा मेरो सेयर खाता सुविधा छ । एनआइसी एसिया ओपन एन्ड विन डिम्याट योजना अन्तर्गग स्मार्ट वाचसहित साप्ताहिक रुपमा विभिन्न उपहार योजनाका साथै एनआइसी एसिया बैंक लिमिटेडमा बैंक खाता खोल्दा निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने सुविधा दिएको जनाएको छ ।









