काठमाडौं– गरिमा विकास बैंकले आउँदै गरेको अन्तर्राष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन सम्पूर्ण नारीलाई लक्ष्य गर्दै गरिमा नारी बचत खाता र मेरो सेयर बचत खाता खोलेका सम्पूर्ण महिला ग्राहकलाई लकर सुविधामा विशेष छुट घोषणा गरेको छ ।
बहुमूल्य गरगहना, सामान तथा कागजपत्र सुरक्षित राख्न लिइने लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुल्कमा ५० प्रतिशत (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।
बैंकका ग्राहकले न्युरोड शाखा (काठमाडौं), कुमारीपाटी शाखा (ललितपुर), सूर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), बगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिने बैंकले जनाएको छ ।
उक्त विकास बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो सेयर बचत खाता खोलेका महिलाले उक्त छुट पाउने बताइएको छ ।









