काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले संखुवासभामा भएको यात्रुबाहक बस दुर्घटनाका घाइतेलाई उद्धार गर्न काठमाडौंबाट हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले हेलिकप्टर लगेर दुर्घटनाका घाइतको शीघ्र उद्धार गर्न गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई निर्देशन दिएका हुन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर पठाउने तयारी भइरहेको छ ।

संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना भएको थियो । उक्त यो समाचार लेख्दासम्म उक्त दुर्घटनामा १३ जनाको निधन भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय