काठमाडौं– नेपाली सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आयतबारका लागि छापावाल सुनको मूल्य १ लाख २ हजार ८०० रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० तोकिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० तोकिएको छ । गत शुक्रबार तेजावी सुन प्रतितोला १ लाख २ हजार १०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढाएर १ हजार ४२५ तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९८७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय