काठमाडौं– यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन तत्कालका लागि बन्द गरेको जनाएको छ ।

विभागले सोमबार एक सूचना जारी गर्दै चैत १ गतेदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि अनलाइन आवेदन बन्द रहने जनाएको छ ।

हालसम्म परेका अनलाइन आवेदनको कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्ने निर्णय गरेको विभागको सूचनामा उल्लेख छ ।

कोरोना संक्रमणका कारण विगतमा सरकारले पटकपटक सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गर्ने र खोल्ने गर्दै आएको छ । कोरोनाको दोस्रो लहर मत्थर भएको लामो समयपछि गएको दसैंपछि खोलेको अनलाइन आवेदन अहिले फेरि बन्द भएको हो ।

List

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय