काठमाडौं– निर्जीवन बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानीकर्तालाई दिने प्रतिफल घोषणा गरेको छ ।
सोमबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
बोनस सेयरबापत तिर्नुपर्ने करका लागि चुक्ता पुँजीको ०.५७८९ प्रतिशत नगद लाभांश दिने कम्पनीले जनाएको छ ।
बिमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले उक्त सेयर पाउनेछन् ।









