काठमाडौं– पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन भन्दै डिजिटल वालेट खल्तीले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । अब प्रयोगकर्ताले खल्तीबाट कुनै पनि बैंक खातामा तत्कालै निःशुल्क पैसा पठाउन सक्छन् ।
खल्तीबाट प्रतिकारोबार सीमा ५० हजार प्रतिदिन १ लाख पठाउन सकिनछ । उक्त सीमासम्मको रकम प्रयोगकर्ताले सजिलैसँग बैंक खातामा ट्रान्सफर गर्न सक्नेछन् । यो अफर यही चैत ७ देखि आगामी वैशाख ६ गतेसम्म लागु हुने बताइएको छ ।









