काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० तोकेको हो ।

मंगलबार यो सुन प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो । महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० तोकेको छ । यसको मूल्य मंगलबार प्रतितोला ९९ हजार ८०० रुपैयाँ थियो ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर १ हजार ३७० कायम भएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९२१ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय