काठमाडौं– नेपाल पेमेन्ट सोलुसनले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुशन प्रालिको तर्फबाट सिएक्सओ प्रताप श्रेष्ठ र बिजनेस डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ तथा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी आधिकृत गोविन्द प्रसाद ढकाल र आइटी प्रमुख कमलप्रसाद अर्यालले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसनले गरिमासँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै गरिमामा ग्राहकले नेपाल पेमेन्ट सोलुसनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवा उपयोग गर्न पाउने बताइएको छ । नेपाल पेमेन्ट सोलुसनले यी सेवा डिजिटल वालेट, रेमिट्यान्स कम्पनीमार्फत उपलब्ध गराएको बताइएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रालि भुक्तानी प्रणाली एग्रिगेटर हो । यसले विशेष गरी बैंक तथा वित्तीय संस्था, पिएसपी रेमिट्यान्स कम्पनी र व्यावसायिक क्षेत्रमा केन्द्रित रहेर काम गर्छ । नेपाल पेमेन्ट सोलुसनले अधिकांश क, ख र ग वर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय