काठमाडौं– यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सेवा बन्द गर्ने भनी आएको समाचार सत्य नभएको बताएको छ । पहिलो सूचनामा बुधबार साँझ ५ः०० बजेबाट सर्भर नबन्दासम्म विभाग मातहतका सबै यातायात कार्यालयको सेवा बन्द रहने जानकारी दिएको विभागले पछि सूचना सच्याउँदै बुधबार साँझ ५ः०० बजेबाट बिहीबार बिहान ५ः०० बजेसम्ममात्र सेवा बन्द हुने प्रस्ट पारेको छ ।

विभागले बुधबार दिउँसो अबेरतिर एक विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा आएको समाचार गलत भएको भन्दै बिहीबार बिहान ५ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध भएको जनाएको हो ।

विभागका प्रवक्ता तथा सूचना अधिकारी डा लोकनाथ भुसालले विभागको सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्नुपर्ने भएकाले हालका लागि सर्भर बन्द रहेको बताए । विभागले प्रदान गर्ने सेवा सो अवधिका लागि मात्रै अवरुद्ध हुने बताइएको छ ।

यसअघि बुधबार दिउँसो विभागले सार्वजनिक गरेको सूचनामा बुधबार ५ः०० बजेबाट अनिश्चितकालका लागि सेवा अवरुद्ध हुने उल्लेख छ ।

यातायात व्यवस्था विभागले बुधबार सुरुमा जारी गरेको सूचना ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय