काठमाडौं– नेपालमा पहिलोपटक कृषि सम्बन्धी कारोबार गर्ने कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । बुटवलस्थित बुद्धनगर एग्रो फार्म लिमिटेडले पाँच लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको हो ।

हालसम्म नेपालमा कृषिसम्बन्धी कारोबार गर्ने कम्पनीले सर्वसाधारणमा सेयर बिक्री गरेर पुँजी संकलन गरेको छैन ।

साधारण सेयरको सार्वजनिक निष्कासनका लागि कम्पनीले एनआइसी एसिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनी र एनआइसी क्यापिटल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो ।

एनआइसी एसिया क्यापिटलका अनुसार कम्पनीले सामूहिक लगानी कोष, कम्पनीका कर्मचारी र सर्वसाधारणमा बाँडफाँट हुने गरी पाँच करोड रुपैयाँ मूल्य बराबरको ५ लाख कित्ता सेयर निष्कासन गर्ने बताइएको छ ।

क्यापिटलले आइडिया टू आइपियो सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनी स्थापनदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने योजना अन्तर्गत बुद्धनगर एग्रोको सेयर निष्कासनको अवस्थामा पुर्याएको जनाएको छ । सकेसम्म चाँडो कम्पनीको सेयर निष्कासन हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय