पोखरा– नेपालका लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पोखरामा पहिलो एनओजी (एनटर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

चैत १२ गते शनिबार आयोजित उक्त राइड पोखराको नयाँबजारस्थित बतास ब्रदसको टिभिएस सोरुमबाट सुरु भएर लेकसाइड, हेम्जा हुँदै नौडाँडास्थित हिमालयन देउराली रिसोर्टसम्म पुगेको थियो । र त्यहाँ सहभागीबीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

राइडमा टिभिएस एनटर्कका ९३ जना राइडर सहभागी रहेको जगदम्बा मोटर्सकी स्कुटर सेग्मेन्ट हेड करुणा पुडासैनीले जानकारी दिइन् । टिभिएस एनटर्कका राइडरबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन् ।

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री भएको अवसरमा राइड आयोजना गरिएको हो । राइडका सहभागीबीच विभिन्न मनोरञ्जनात्मक खेल खेलाइएको थियो । विजेतालाई बतास ब्रदर्सका सिओओ राजेश रानाभाटले पुरस्कार वितरण गरेका थिए ।

राइडमा प्रसिद्ध मोटो भ्लगर सुरक्षा केसी र पोखराका अरु मोटो भ्लगर्सहरुको पनि सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय