काठमाडौं– महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिकालाई डस्टबिन सहयोग गरेको छ । नगरपालिकाको फोहोरमैला व्यवस्थापन सहज होस् भन्ने उद्देश्यले नगरपालिकालाई १३ थान डस्टबिन हस्तान्तरण गरेको हो ।

भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले नगरपालिकाका उपप्रमुख उमा काफ्लेलाई डस्टबिन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख काफ्लेले विगतदेखि नै बैंकले नगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताइन् ।

फोहरमैला व्यावस्थापनमा नगरपालिकालाई सहज होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन सहयोग पुगोस् भनेर डस्टबिन वितरण गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय