काठमाडौं– संसदीय समितिले विवादास्पद सुपारी आयातको अनुमति रोक्न सरकारलाई निर्देशन दिएको छ । सरकारले विदेशी विनिमय सञ्चिति ओरालो लागिरहेको बेला भारत तस्करी गर्ने उद्देश्यले नेपाल ल्याइने सुपारीलाई आयात अनुमति दिएको थियो ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको हो । बुधबार समितिले सम्बन्धित निकायसँग छलफल गरी सुपारी आयात अनुमति तत्काल रोक्न निर्देशन दिएको हो ।

समितिका सभापति विमलप्रसाल श्रीवास्तवले समितिले स्थलगत निरीक्षण गर्ने भन्दै आयात अनुमति रोक्न निर्देशन दिएका हुन् । समितिले बिहीबारबाटै तराईका जिल्ला गएर अनुगमन गर्ने र त्यसपछि कुनै निष्कर्ष ननिकाल्दासम्म आयात अनुमति नदिन निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय