काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले कम्पनी सञ्चालन समिति अध्यक्षको रूपमा शपथग्रहण गरेका छन् ।
बुधबार बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम शपथ ग्रहण गराएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।









