काठमाडौं– महालक्ष्मी विकास बैंकले नेपाल बाल संगठनलाई फिजियोथेरापीका उपकरण सहयोग गरेको छ । बैंकको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र सम्बर्द्धनमा टेवा पु¥याउने उद्देश्यले नेपाल संगठन गठन गरिएको थियो । उक्त संगठनमा रहेका फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलो होस् भनेर उक्त सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।

संगठनका उपाध्यक्ष प्रेमप्रसाद पराजुली र प्रमुख कार्यकारी अधिकृत अजयकुमार शाहले बैंकको गरेको सहयोगका लागि कृतज्ञता ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय