काठमाडौं– यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघने नेपालको व्यवस्थापन क्षेत्रमा गरेको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई म्यानेजर अफ द इयर २०२२ घोषणा गरेको छ ।
शनिबार राजधानीमा आयोजित समारोहमा न्यौपानेलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै न्यौपानेले उक्त अवार्ड सम्पूर्ण एनआइसी एसियाकर्मीलाई समर्पण गर्दै अवार्ड प्रदान गरेकोमा व्यवस्थापन संघ, पुरस्कार छनोट समिति तथा संघका पदााधिकारीप्रति कृतज्ञता जाहेर गरेको बैंकले जनाएको छ ।
उनको पाँचवर्षे नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई २७४ अर्ब र निक्षेप ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब पुगेको बैंकले जनाएको छ । साथै बैंकको प्रतिसेयर आम्दानी करिब २ गुणाले वृद्धि भई ४१.४३ पुगेको छ ।
न्यौपानेको नेतृत्वमा हासिल भएका कतिपय उपलब्धिहरु ऐतिहासिक रहेको बैंकले जनाएको छ ।









