काठमाडौं– गरिमा विकास बैंकका ग्राहकले पोखरा बाटिका–क्लासिक होटलमा छुट पाउने भएका छन् ।
नयाँ वर्षमा आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुको साथै ग्राहकलाई थप सुविधा प्रदान गर्न बैंकले पोखराको प्रख्यात होटल ‘पोखरा बाटिका – क्लासिक होटल’सँग उसले प्रदान गर्ने विभिन्न सेवामा छुटको लागि सम्झौता गरेका जनाएको छ ।
उक्त होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुममा २० प्रतिशत, फुड एन्ड बेभरेजमा १५ प्रतिशत र अन्य सेवा सुविधामा आकर्षक छुटका लागि सम्झौता गरेको बैंकले जनाएको छ । सम्झौता अनुसार उक्त बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले उक्त होटलबाट उल्लेखित छुट सुविधा लिन सक्ने बताइएको छ ।
गरिमा विकास बैंकले ११८ शाखा, २ एक्सटेन्सन काउन्टर र ५१ एटिएमबाट ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा प्रदान गर्दै आएको जनाएको छ ।









