काठमाडौं– एनआइसी एसिया बैंकका ग्राहकले सस्तोडिल, ग्यापु, दराज जस्ता इकमर्सहरुबाट सामान किन्दा छुट पाउने भएका छन् । छुट लिन एनआइसी एसियाको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्ने बताइएको छ । यसरी भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाइने बैंकले जनाएको छ ।
दराजबाट सामान किन्दा वैशाख ७ गतेसम्म, सस्तोडिलबाट वैशाख ३ गतेसम्म, ग्यापुबाट वैशाख २ सम्म सामान किन्दा छुट पाइने बताइएको छ ।
दराजको किनमेलमा डेबिट कार्डमा १० प्रतिशत वा अधिकतम हजार रुपैयाँसम्म र क्रेडिट कार्डमा १५ प्रतिशत वा अधिकतम १५ सय सम्म छुट पाइने बैंकले जनाएको छ ।
सस्तोडिलमा डेबिट वा क्रेडिट कार्डबाट हुने भुक्तानीमा २० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट हुनेछ । ग्यापुमा पनि २० डेबिट/क्रेडिट कार्डमा २० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट हुने बैंकले जनाएको छ ।









