काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले पोखराको शिशुवास्थित लक्ष्मी आदर्श युवा क्लबलाई डस्टबिन सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत क्लबलाई १० थान डस्टबिन प्रदान गरेको जानकारी दिएको छ ।
शिशुवा वरपरको फोहोरमैला व्यवस्थापन सहज होस् भनेर डस्टबिन सहयोग गरिएको बैंकका शिशुवा शाखा प्रबन्धक विमल बास्तोलाले बताएका छन् । उनले युवा क्लबका अध्यक्ष निर्वाण देवानलाई डस्टबिन हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।









